तस्विर : सौजन्य

पोखरिया​, १ असार मधेश प्रदेश सरकार​ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना​,​ स्वास्थ्य निर्देशनालयको संयोजन​ र पोखरिया नगरपालिकाको सहकार्यमा पोखरिया ​अस्पतालमा एकदिने आयुर्वेद स्वास्थ्य शिविर शनिवार सफलतापूर्वक सम्पन्न भएको छ।

आयुर्वेद स्वास्थ्य सेवा पहुँच ​विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा ​तीनसयभन्दा बढी​ सेवाग्राहीहरुले विशेषज्ञ ​स्वास्थ्य सेवा पाएका ​जनाइएको छ। बिहान ​पोखरिया नपा वडा नं ४ स्थित शिव​ मन्दिरको हलमा योग ​शिविर समेत संचालन भएको थियो​, जसको​ संचालन रानीगंज आयुर्वेद​ औषधालयका कविराज ​निरीक्षक​धिरेन्द्रकुमार सिंह​ले गरेका थिए ।​

विज्ञापन

पोखरिया अस्पतालमा ४ जना विशेषज्ञहरु​, डा मिथिलेश साह ( एमडी मौलिक सिधाान्त​, आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर, काठमाडौ​), डा मनिस सिंह (एमडी​, मौलिक सिधाान्त ),​ डा जितेन्द्र मंडल ( एमडी शल्य​क्रिया) र डा एलपी मंडलले सेवा प्रदान ​गरेका थिए । स्थानीयहरुले  विभिन्न रोगहरूको निदान तथा नि​श्शुल्क औषधि सेवा प्राप्त गरे। साथै, स्वस्थ जीवनशैली, योग अभ्यास र प्राकृतिक उपचार पद्धतिबारे समेत जनचेतनामूलक जानकारी दिइ​एको थियो।

कार्यक्रममा ​पोखरिया नपाकी उपमेयर रुबीकुमारी ठाकुर, रामबाबु साह, प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, डा​ मुन्नाकुमार,​ अजाद आलम, गौतम सिंह,​ गोविन्दकुमार, रमेशराम पटेल, सोनुकुमार ठाकुर, अर्जुनदास ठाकुर, ऋषिकुमार यादव, बमकुमार पटेल, शुभेक्षा कुमारी, सुरेन्द्रप्रसाद साह, रामबाबु पाण्डेय र मिरा देवी लगायत अन्य स्थानीय बासिन्दाहरूले समेत उत्साहजनक सहभागिता रहेको थियो लगायत स्थानिहरुको उल्लेखनीय सहभागिता ​रहेको थियो। कार्यक्रमको सहजीकरण प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय,​ बाराका ​वरिष्ठ कविराज ​निरीक्षक नागेन्द्र पटेल​के गरेका थिए।

​यसैगरी, कार्यक्रमको स्थानीय समन्यकर्तको रूपमा रानीगंज आयुर्वेद औषधालयका प्रमुख कविराज निरीक्षक धीरेन्द्रकुमार ​सिंहले ​फौलोअप (Follow-up) सेवाका लागि बिरामीहरूलाई रानीगंज आयुर्वेद औषधालय र बैरिया बिर्ता आयुर्वेद स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न जानकारी ​गराए।​

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here