रुपन्देही, २४ असार — रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवसहित दुई जना तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयबाट खटिएको टोलीले वडा अध्यक्ष यादव र सिद्धार्थनगर नगरपालिका वडा नं ९ का श्री गणेश ट्रेडिङ्गका संचालक विपिनकुमार पाण्डेयलाई पक्राउ गरेको हो।

विज्ञापन

वडा अध्यक्ष यादवले मर्चवारी गाउँपालिका वडा नं ३ मा सञ्चालित विभिन्न विकास योजनाको भुक्तानी सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग मोलमोलाई गरेर तीन लाख रुपैयाँ घुस माग गरेको अनुसन्धानमा खुलेको आयोगले जनाएको छ। उक्त रकम व्यापारी पाण्डेयमार्फत लिइरहेको अवस्थामा दुवै जनालाई रंगेहात पक्राउ गरिएको हो।

घटनाको थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here