काठमाडौँ, १६ साउन – महाराजगन्जस्थित साम्बाला होटल क्षेत्रबाट बिहीबार राति प्रहरीले चक्रे मिलन भनिने मिलन गुरुङसहित ४७ जनालाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरूमध्ये १९ जनामाथि सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार चक्रे मिलनको समूहले सडकमा होहल्ला गर्दै केक काटेको, स्कर्टिङ गरेर सडक अवरुद्ध गरेको र सामाजिक भय फैलाउने गतिविधि गरेको आरोप छ।
जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार चक्रे मिलनसहित १८ जनालाई ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। सामाजिक सञ्जालमा चक्रे मिलनको भिडियोहरू भाइरल भएका छन्, जसमा उनले जन्मदिनमा पैसा बाँडेको, गाडी लस्कर चलाएर सडक अवरुद्ध पारेको देखिन्छ।

























