वीरगंज, १९ सोमवार — मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभरको मौसम सामान्यतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ। विशेषगरी पहाडी र तराई क्षेत्रहरूमा वर्षाको प्रभाव बढी देखिने अनुमान छ।

विज्ञापन

आज रातिको मौसम पनि दिन जस्तै बदली रहनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ भने बाँकी प्रदेशहरूमा पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

मौसमी प्रणालीको अवस्थाबारे जानकारी दिँदै विभागले हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा नेपालका तराई नजिक, औसत स्थानको उत्तरतर्फ अवस्थित रहेको उल्लेख गरेको छ।

भारी वर्षाका कारण बाढी, पहिरो तथा जलमग्नताको सम्भावना रहेकोले विशेष सतर्कता अपनाउन मौसम विभागले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here