वीरगंज, ०६ भदौ – पर्सा प्रहरीले श्रोत नखुलेको रु १४ लाख १३ हजार ५ सय रकमसहित दुईजनालाई पक्राउ गरेको छ।
बिहीवार साँझ वीरगंज महानगरपालिका वडा नं २ घुसुकपुर इदगाह चोक सडकखण्डमा भारतिय नम्बर BR05 AB 7761 र प्रदेश २-०३-००२ प ५५४४ नम्बरका दुईवटा टरसाइकल रोकिएको थियो।
वीरगंज महानगरपालिका वडा नं २ घुसुकपुर बस्ने वर्ष ३९ को संजय कुमार साह र जिल्ला बारा महागढीमाइ नगरपालिका वडा नं ४ बगडमपुर बस्ने वर्ष ४१ को शनिकुमार ठाकुरलाई नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अनुसार खानतलासी गर्दा मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइएको अवस्थामा रकम फेला परेको थियो।
उनीहरुको साथबाट रु १ हजार दरको १ हजार थान र रु ५ सयको ८२७ थान गरी रु १४ लाख १३ हजर ५ सय बरामद भएको प्रहरीले जनाएको छ।
निजहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ दफा १२५ (क) अनुसार मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतले ५ दिनको म्याद दिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी दिएको छ ।

























