भारी वर्षा सम्भावना

वीरगंज, १८ भदौ — मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ। लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार आज राति कोशी प्रदेश र मधेश प्रदेशसहित पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने र अन्य प्रदेशका पहाडमा थोरै स्थानमा वर्षा हुने सम्भावना छ।

विज्ञापन

यसैगरी, कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना विभागले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाभन्दा दक्षिणतिर रहेको विभागले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here