परवानीपुर। बढ्दो चिसोका कारण प्रभावित सर्वसाधारणलाई राहत प्रदान गर्ने उद्देश्यले समाजसेवी युवा नेता अली अख्तर आलमको आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मठ–मन्दिर, अस्पताल, मदरसा तथा अन्य सार्वजनिक स्थानमा रहेका गरी ५५ जना जरुरतमन्दलाई कम्बल वितरण गरिएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि बिमनपा–२१ का पूर्व वडा अध्यक्ष तथा मुस्लिम संघ पर्साका अध्यक्ष हबीब मियाँ रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा खेदू मण्डल, प्रदीप कुशवाहा, रामनारायण साह तथा परवानीपुर प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सईको उल्लेखनीय उपस्थिति रहेको थियो।

विज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले यस्ता सामाजिक कार्यले समुदायमा आपसी सहयोग र सद्भाव बढाउने बताए। यसअघि पनि अली अख्तर आलमले ११० जना जरुरतमन्दलाई कम्बल वितरण गरिसकेको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस अवसरमा कम्बल वितरण अभियान सफल बनाउन सहयोग गर्ने तिरलोकी कुशवाहा, नरेश महतो, आलोक मिश्र, अमर साह, राजेश मण्डल लगायत सबै सहयोगी तथा सहभागीप्रति आयोजकले धन्यवाद व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here