बीरगंज, पर्सा | पौष १९
Gen Z पर्साका संयोजक विशेष साह तथा सल्लाहकार राजा गुप्ताको विशेष पहलमा आज पर्सा जिल्लामा राजनीतिक समन्वयको पहिलो चरणअन्तर्गत सकारात्मक छलफल सम्पन्न भएको छ।
उक्त छलफल कार्यक्रममा उज्यालो नेपाल पार्टी पर्साका संयोजक रामबाबु यादव, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
छलफलका क्रममा वर्तमान राजनीतिक अवस्था, दलहरूबीच आपसी समन्वय, आगामी कार्ययोजना तथा निर्वाचन रणनीतिका विषयमा गहन विचार–विमर्श गरिएको थियो। कार्यक्रम Gen Z पर्साका सदस्यहरूको उपस्थितिमा सौहार्दपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भएको जनाइएको छ।
कार्यक्रममा Gen Z पर्साका संयोजक विशेष साहले देशभरका विभिन्न जिल्लाका प्रतिनिधिहरू एकजुट भई आगामी निर्वाचनमा सकारात्मक, परिवर्तनमुखी र जिम्मेवार राजनीतिक मार्ग निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले युवाको सक्रिय सहभागिता, आपसी समझदारी तथा साझा एजेन्डामार्फत नयाँ राजनीतिक संस्कार स्थापना गर्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो।

























