रक्सौल, भारत – भर्खरै सम्पन्न लोकसभा चुनावमा जित हासिल गरेपछि पश्चिम चम्पारणका नवनिर्वाचित सांसद डा सञ्जय जैसवाल पहिलो पटक शनिवार रक्सौलमा पुगेका थिए। रक्सौल भाजपा शहर समितिका सदस्यहरूले उनको भव्य स्वागत गरेका थिए।
नवनिर्वाचित भाजपाका सांसद डा सञ्जय जैसवाललाई रक्सौलमा भव्य स्वागत
सांसद डा जैसवाललाई भाजपा कार्यकर्ताहरुले लड्डुले तौल गर्नुका साथै विभिन्न संघसंस्थाका व्यक्तित्वहरूले पुष्प गुच्छा, वस्त्र र स्मृति चिन्ह प्रदान गरी सम्मान गरेका थिए ।
सांसद डा जैसवाल आफ्नो जीतलाई जनताको जित भन्दै रक्सौलका सडक, पुल, ओभरब्रिजलगायत सम्पन्न हुन बाँकी रहेका कामलाई प्राथमिकताका आधारमा सम्पन्न गर्ने बताए । साथै, उनले बाँकी काम पनि यथाशीघ्र सम्पन्न हुनेमा कुरामा जोड दिंदै रक्सौलका जनताप्रति कृतज्ञता व्यक्त गरे ।
रक्सौल नगर अध्यक्ष कन्हैया सर्राफको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजकत्व प्रेमचन्द कुशवाहाले गरेका थिए। कार्यक्रममा पूर्वमन्त्री श्याम बिहारी प्रसाद, भाजपा नेता इन्जिनियर जितेन्द्र कुमार, गुड्डु सिंह, मनिष दुबे, गणेश धनौटिया, राकेश जैसवाल, अजय पटेल, राकेश कुशवाहा, डा. नितेश पटेल, मृत्युंजय सिंह, दिलीप कुशवाहा, रिपुसुदन गुप्ता, राकेश गुप्ता, अरुण गुप्ता, विधायक प्रतिनिधि लालबाबु सिंह, निरंजन साह, अरविन्द सिंह, भाजपा जिल्ला उपाध्यक्ष मीतु गुप्ता, भरत गुप्ता, रवि गुप्ता, मीरा देवी, पूर्व अध्यक्ष ओम प्रकाश गुप्ता, राजकिशोर रायसमेत भाजपा नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.

























