वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–१३ मा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ जना नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

वीरगञ्ज महानगरपालिका–१३ का पूर्व वडाध्यक्ष तूफान फारूक अंसारी तथा निर्वाचित वडा सदस्य लालमहमद मन्सूरीको नेतृत्वमा स्थानीयस्तरका नेता, कार्यकर्ता तथा समर्थकहरू नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।

वीरगञ्ज–१३ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्त्री प्रदीप यादवले सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा मन्त्री यादवले देश विकास, सुशासन र समृद्ध नेपालको साझा लक्ष्य प्राप्तिका लागि नेकपा (एमाले) को भूमिका निर्णायक रहेको उल्लेख गर्दै नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नुभयो।

उहाँले प्रतिबद्ध, सचेत र कर्मठ नागरिकहरूको एमाले परिवारमा आगमनले पार्टीको संगठनात्मक शक्ति थप मजबुत हुने विश्वास व्यक्त गर्दै राष्ट्र निर्माणको अभियानमा एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि सामूहिक प्रयास, दृढ संकल्प र जनताको विश्वासलाई केन्द्रमा राखेर समृद्ध नेपालको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here