विज्ञापन

वीरगञ्ज । वीरगञ्जमा जारी नेशनल ईन्फोटेक (एनआई) क्रिकेट कपको उपाधि आयोजक नेशनल ईन्फोटेक कलेजले हात पारेको छ । एनआईले लगातार दोस्रो वर्ष पनि उपाधि आफ्नो हातमा पारेको हो । यसअघि गत वर्ष भएको संस्करणको विजेता पनि एनआई कलेज नै हो ।

शनिवार सम्पन्न फाइनल खेलमा ग्लोबल बिजनेस कलेजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै एनआईले उपाधि चुमेको हो । टस जितेर ब्याटिङ् रोजेको एनआईले पहिलो इनिङ्समा निर्धारित २० ओभर पूरा हुन १ बल बाँकी छँदै सबै विकेट गुमाएर १०८ रन बनाएको थियो ।

विज्ञापन

जसका लागि राहुल हकले सबैभन्दा धेरै रन बनाए । उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३२ रन बनाए । सफवान अलीले १९ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए । वासिम अली मन्सुरीले ३० बलमा २० रन बनाए ।
ग्लोबल बिजनेसका आदर्श भण्डारी, रोहन कुमार साह, अनुज कुमार पटेल र विवेक यादवले समान २/२ विकेट लिए । सुजल सर्राफले १ विकेट लिए ।

१०९ रनको लक्ष्य पछ्याएको ग्लोबल बिजनेस कलेजले १४.१ ऋोभरमा सबै विकेट गुमाउँदै ४७ रनमै समेटियो । ग्लोबललाई उपाधि चुम्नबाट रोक्नका लागि एनआईका वासिम अली मन्सुरीले ३ विकेट लिए । ३ ओभर बलीङ् गरेका उनले ११ रन खर्चिए ।

अर्बाज अन्सारीले पनि ३.१ ओभर बलीङ् गरेर १० रन खर्चिदै ३ विकेट लिए । अर्बाज हुसैनले ४ ओभरमा १२ रन दिँदै २ विकेट लिए भने एमडी सरिफ अन्सारीले १ विकेट लिए । फाइनल खेलको प्लेयर अफ दी म्याच नेशनल ईन्फोटेकका वासिम अली मन्सुरी घोषित भएको एनआई कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।

पूरै प्रतियोगीताभरीमध्येबाट उत्कृष्ट ब्याटरको रुपमा एनआई कलेजका सफवान अली पुरस्कृत भएका छन् । उनले पुरै खेलमा१०८ बलमा १८२ रन बनाएका छन् । त्यस्तै उत्कृष्ट बलरको उपाधिबाट हेटाडाका प्रिन्जल उपाध्याय पुरस्कृत भएका छन् । उनले १८.५ ओभरमा ८९ रन दिएर १७ विकेट लिएका छन् ।

प्लेयर अफ दी टुर्नामेन्ट एनआईकै वासिम अली मन्सुरी घोषित भएका छन् । उनले १७ विकेट लिएका छन् । एदयमान खेलाडीको रुपमा एनआई कलेजकै सलमान मन्सुरी घोषित भए । उत्कृष्ट फिल्डरको रुपमा ग्लोबल बिजनेस कलेजका आदर्श भण्डारी घोषित भए । उत्कृष्ट विकेट किफर हेटौडाका साहेब यादव घोषित भएका छन् ।

२०७८ सालमा सम्पन्न एनआई क्रिकेट कपको उपाधि सत्यम स्कुलले जितेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here