विज्ञापन

अभितक, वीरगंज, १३ फाल्गून । सखूवा प्रसौनी गाउपालिका दोश्रो क्रिकेट ट’ूर्नामेन्ट २०८० अन्तर्गत आजको सेमी फाइनल खेल छिपहरमाई गापा र बहूदरमाई गापा वीच भएकोमा छिपहरमाई गापा विजयी भएको छ ।

छिपहरमाई टास जितेर बैटिग गर्ने फैसला लिएको थियो । छिपहरमाई गापा पहिला बैटिंग गर्दा निधार्रित २० ओभरमा ८ विकेट गूमाएर १३३ रन बनाएको थियो । १३४ रनको लक्ष्य पछयाउदै बहूदरमाई नपा १७ ओभरमा सबै विकेटको क्षतिमा ९६ रन बनाएर ३८ रनले हार व्योहोर्नू परेको थियो ।

छिपहरमाई गापाका हरेराम यादव ३ ओभरमा १मेडन ओभर २ रन दिएर ३विकेट लिएर मैन अफ दि मैच भए ।

भोलीको दोश्रो सेमी फाइनल खेल परवानीपूर गापा र कालिकामाई गापा विच हूनेछ । छिपहरमाई गापा र भोलीको खेलमा विजयी हूने टिम संग १६ गते फाइनल भिडने सखूवाप्रसउनी यूवा समाजका सचीव सरोज पटेलले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here