अभितक, वीरगंज / आज देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी चल्न सक्ने आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका पहाडी भागहरूमा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। अन्य केही स्थानहरूमा पनि वर्षा हुन सक्छ।
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागहरूमा केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना छ।
आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका केही स्थानहरूमा चट्याङ र मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना यथावत छ। तराईका केही ठाउँहरूमा राति पनि हावाहुरी चल्न सक्छ।
देशमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। साथै, बंगालको खाडी र अरब सागरबाट आएको भिजेको हावाको पनि आंशिक प्रभाव देखिएको छ।
























