काठमाडौं – देशका विभिन्न भू-भागमा आज आंशिकदेखि सामान्य बदली रही मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा र केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विज्ञापन

त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागको भनाइ छ।

मौसमी विश्लेषण अनुसार, हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको छ, जसका कारण मौसम परिवर्तनशील बनेको विभागले जनाएको छ।

सार्वजनिक तथा कृषिका काममा संलग्न नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here