वीरगंज – आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जलवायु पूर्वानुमान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च–पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखा, काठमाडौँले जनाएको छ।

महाशाखाका अनुसार आज राति गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहनेछ। यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

विज्ञापन

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू-भागमा पनि एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागको भनाइ छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको विभागले जनाएको छ। मौसम पूर्वानुमान विभागले सम्भावित वर्षा र चट्याङका कारण सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here