भारी वर्षा सम्भावना

वीरगंज, १ असार — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी भूभागका थोरै स्थानहरूमा पनि वर्षा हुनसक्ने अनुमान गरिएको छ।

कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाइएको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

विज्ञापन

रातिको समयमा पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

महाशाखाका अनुसार हाल देशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव सक्रिय छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा यसको प्रभाव देखिएको छ। देशको पश्चिम भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको उल्लेख गरिएको छ।

भारी वर्षा र चट्याङको सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले नदी–नाला आसपास सतर्कता अपनाउन, पहिरो सम्भावित क्षेत्रमा सचेत रहन तथा यात्रामा योजना अनुसार सावधानीपूर्वक जान सुझाव दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here