भारी वर्षा सम्भावना

वीरगंज, १८ असार — जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकाले अधिकांश भू-भागमा मौसम बदली रहनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विज्ञापन

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

देशको उच्च–पहाडी तथा हिमाली भू-भागमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समय पनि प्रायः बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ।

मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गर्दै नदी तथा खोला आसपासका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here