वीरगंज, २८ असार — आज देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो सूचनाअनुसार मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

दिउँसोको समयमा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने उल्लेख गरिएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

विज्ञापन

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारण बदली रहने र कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहन सक्ने विभागले जानकारी दिएको छ। उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना कायम रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा अलिकति उत्तरतिर रहेको र यसको प्रभावले मौसम बद्लीएको विभागले जनाएको छ।

मौसमविद्हरूले नदी नाला तथा डाँडाकाँडा आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here