भारी वर्षा सम्भावना

वीरगंज, २९ असार – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा उत्तरतिर सरेको विभागको भनाइ छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही स्थान र अन्य ठाउँका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च–पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुनसक्छ।

विज्ञापन

यसैगरी, आज राति मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ। कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हिमाली तथा उच्च–पहाडी क्षेत्रमा वर्षा वा हिमपात पनि हुनसक्छ।

विभागले वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ, विशेष गरी पहिरोको जोखिम भएका स्थानहरूमा विशेष सावधानी आवश्यक रहेको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here