स्विट्जरल्यान्ड — वुमेन्स युरो २०२५ फुटबल प्रतियोगितामा जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि नतिजा पेनाल्टीमार्फत तय भएको हो।

खेलको अधिकांश समय १० खेलाडीमा सीमित रहे पनि जर्मनीले उत्कृष्ट प्रदर्शन गर्दै अन्ततः जित हात पार्‍यो। टाइब्रेकरमा जर्मनीकी गोलकिपर एना काटरिन बर्गर नायिका बनिन्। उनले फ्रान्सका एमले माज्री र एलिस सोमबाथका पेनाल्टी प्रहार रोकेर टिमलाई अन्तिम चारमा पुर्‍याइन्। अब सेमिफाइनलमा जर्मनीको सामना स्पेनसँग हुनेछ, जुन खेल बुधबार ज्युरिचमा हुनेछ।

विज्ञापन

जर्मनीले हालसम्म महिला युरो प्रतियोगितामा फ्रान्ससँग एकपल्ट पनि हार ब्यहोर्नु परेको छैन। यसपटक पनि पहिलो १५ मिनेटमै एक गोलले पछि परे पनि जर्मनीले फर्किएर खेल बराबरीमा ल्यायो—त्यो पनि १० खेलाडीमा सीमित रहँदै।

खेलपछि बर्गरले भनिन्, “म चाहन्थें कि खेल ९० मिनेटमै टुंगियोस्। १२० मिनेटभरि टिमले अद्भुत मेहनत गर्‍यो। मैले केही योगदान मात्र दिएकी हुँ, तर यो जित टिमको हो।”

खेलको १३औं मिनेटमै क्याथरिन हेन्ड्रिच ले रातो कार्ड खाँदा जर्मनी १० खेलाडीमा झर्‍यो। त्यसपछि फ्रान्सकी ग्रेस गेयोरो ले अग्रता दिलाइन्। यद्यपि जर्मनीकी स्जोके नुसकेन ले खेल बराबरीमा ल्याइन्। सुरुवातमा उनले पेनाल्टी चुकाएकी थिइन्, तर त्यसकै केही समयपछि गोल गर्दै आफ्नो गल्ती सुधारिन्।

फ्रान्स भने पछिल्ला १० संस्करणमध्ये ८ पटक क्वाटरफाइनलबाटै बाहिरिएको छ। प्रशिक्षक लुरेन्ट बोनाडेइ ले भने, “हाम्रा खेलाडीले सबै प्रयास गरे। जर्मनी फिफा वरीयताको तेस्रो टिम हो। उनीहरूले रक्षात्मक शैलीमा उत्कृष्टता देखाए।”

जर्मनीले यस खेलअघि नै जिगली ग्वान (चोटका कारण) र क्यार्लोट वामसरा (प्रतिबन्धका कारण) लाई गुमाइसकेको थियो। त्यसमाथि स्टार खेलाडी लेआ सलर सुरुवातमै बेन्चमा थिइन्। प्रारम्भिक दबाबका बाबजुद जर्मनीले फ्रान्सलाई उल्टै दबाबमा राख्दै सेमिफाइनल यात्रा तय गर्‍यो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here