वीरगंज, ०५ साउन — आज देशभर आंशिकदेखि साधारण बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना पनि रहेको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

विज्ञापन

आज राति पनि देशभर आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्यत्र थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का वा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका केही स्थानमा राति भारी वर्षा हुन सक्ने विभागको भनाइ छ।

मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाभन्दा अलिक उत्तरतिर सरेको हुँदा वर्षाको प्रभाव देखिएको हो।

विभागले सम्भावित भारी वर्षाबाट बाढी, पहिरो र सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here