वीरगंज, ०९ साउन — देशभर आज दिउँसो सामान्यतया बदली रहनेछ भने विभिन्न पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। यस्तै, बागमती र गण्डकी प्रदेशका केही पहाडी स्थानमा भारी वर्षा समेत हुने पूर्वानुमान गरिएको छ।
यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका अन्य पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ। साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनको प्रभाव कमजोर देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।