वीरगंज ।  ​वीरगंज महानगर -११ श्रीपुर निवासी राजकुमार गिरिका परिवारजनले खिर​-पुरी खुवाएर जन्मदिन मनाएका छ​न् ।

वीर​गंजको घण्टाघर अगाडि दिनदुखी​, असहाय ​तथा बटुवाहरु ​गरी झन्डै ७५ जनाला​ई खिर​-पुरी,​ आलु​-परवलको तरकारी,​जिलेबी खुवाएर भा​ईको जन्मदिन मनाएको दाजु कलाकार राजा गि​रीले बताए ।

विज्ञापन

सो अवसरमा गि​रीका बुवा प्रमोद गि​रीले हाम्रो समाजमा जन्मदिनको अवसरमा विभिन्न पार्टी प्यालेस ​र होटेलहरुमा ​गएर तडकभडकका साथ मनाउने फैशन बढिरहेकोप्रती चिन्ता ​व्यक्त गर्दै हाम्रो संस्कार अनुसार जन्मदिनको अवसरमा जति सक्दो दिनदुखी​, असहायहरुको सेवा सहयोग ​गरी मानवता बलियो बनाई मनाउनु पर्दछ त्यही अनुसार नै ​आज छोरा राजकुमारको हामी सबै परिवारले ​खाने सामग्री घरबाट नै बनाएर घण्टाघरमा ल्याएर गरिब असहाय, बाहिरबाट आउने जाने बटुवा, पर्यटकहरुला​ई खाना सेवा ​गरी छोराको सुस्वास्थ्य,​ दिर्घायु ​र समृद्धिको लागि यो सेवा गरेका हौ र खाना खानेहरुको साथै​मा आज घण्टाघरमै शैक्षिक सहिद मुकुन्दप्रसाद खनाल प्रतिष्ठानद्वारा पानी पिलाउने कार्यक्रममा सहभागी समाजसेवीहरुले हाम्रो सानो कार्यको खुलेर प्रसंशा ​गरी छोराको उत्तरोत्तर प्रगती सुस्वस्थ्यताको कामना गर्दा हामी सम्पुर्ण परिवार निकै हर्षित भएका छौ र आगामी दिनमा पनि अझ बढी समाजिक सेवा कार्य गर्ने ​बताए ।

सो अवसरमा बुवा प्रमोद ​गिरी,​ आमा ईन्दु देवि ​गिरी,​ राजाकुमार ​गिरी,​ रन्जन ​गिरी,​ खुश्बु गिरि, कृष्णा ​गिरी लगायत ​बालबालिकाहरु सहभागी ​थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here