भारी वर्षा सम्भावना

वीरगंज, ०४ असार — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यिनै प्रदेशका एक-दुई स्थानहरूमा भने भारीदेखि अति भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात पनि हुन सक्छ।

आज राति पनि मौसम बदली नै रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। यस्तै, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

रातको समयमा कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका यस्तै भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव देखिएको छ। त्यस्तै, देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव परेको छ।

मौसमविद्हरूले जल–थल यातायात, पहिरो, बाढी तथा द्रुतबहाव हुने साना खोला–नालाहरू आसपास सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here