वीरगंज, १६ साउन – मौसम पूर्वानुमान महाशाखाले देशभर बदली रहने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

त्यस्तै, राति पनि देशभर आंशिकदेखि पूर्ण बदली रहने र कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशसहित पहाडी क्षेत्रका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी तराई भू-भागका केही स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले पहिरो तथा बाढीको जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here