काठमाडौं — हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको छ। यस प्रणालीको प्रभावले देशभरको मौसममा बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च–पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

विज्ञापन

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतः सफा देखिनेछ। ती प्रदेशका पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।

मौसमविद्हरूले मौसमको अस्थिरताका कारण यात्रा वा बाहिरी गतिविधिमा सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा जानुपर्ने यात्रुहरूलाई मौसमबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here