बल खोस्ने प्रयास गर्दै मनाङ र चर्च ब्वाईजका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, ३१ असार — मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा शानदार जित निकालेका छन्।

सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा मनाङले साविक विजेता चर्च ब्वाइज क्लबलाई ४–३ गोलअन्तरले पराजित गर्‍यो। मनाङका लागि राम आर्जेलले दुई गोल गरे भने रोहन थापा मगर र धर्विन्द्र बोहराले एक–एक गोल थपे।

विज्ञापन

चर्च ब्वाइजतर्फबाट सुशान थापा मगरले दुई गोल गर्दा सुजित लामाले एक गोल गरेका थिए। यस जितसँगै मनाङले चार खेलमा १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चर्च ब्वाइजले भने समान खेलमा तीन अंक मात्र बटुलेको छ।

अर्को खेलमा फ्रेन्ड्स क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० गोलअन्तरले पराजित गर्‍यो। एकतर्फी खेलमा फ्रेन्ड्सका पुरन श्रेष्ठ र मन्दीप ढुंगेलले एक–एक गोल गरे भने तेस्रो गोल आर्मीका खेलाडीबाट आत्मघाती रुपमा भएको थियो।

फ्रेन्ड्सले लिगका चार खेलमध्ये तीन खेलमा जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको छ। यता आर्मीले भने समान खेलमा तेस्रो हार बेहोरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here