वीरगंज – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको छ, जसका कारण देशका विभिन्न भागहरूमा मौसममा परिवर्तन आउने अनुमान गरिएको छ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। ती पहाडी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने संभावना पनि रहेको छ।

विज्ञापन

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने अनुमान गरिएको छ। ती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

विशेषगरी कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने संभावना पनि रहेको छ।

मौसमविद्हरूले सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राखी जनसाधारण तथा सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here