वीरगंज । वीरगंज महानगर -११ श्रीपुर निवासी राजकुमार गिरिका परिवारजनले खिर-पुरी खुवाएर जन्मदिन मनाएका छन् ।
वीरगंजको घण्टाघर अगाडि दिनदुखी, असहाय तथा बटुवाहरु गरी झन्डै ७५ जनालाई खिर-पुरी, आलु-परवलको तरकारी,जिलेबी खुवाएर भाईको जन्मदिन मनाएको दाजु कलाकार राजा गिरीले बताए ।
सो अवसरमा गिरीका बुवा प्रमोद गिरीले हाम्रो समाजमा जन्मदिनको अवसरमा विभिन्न पार्टी प्यालेस र होटेलहरुमा गएर तडकभडकका साथ मनाउने फैशन बढिरहेकोप्रती चिन्ता व्यक्त गर्दै हाम्रो संस्कार अनुसार जन्मदिनको अवसरमा जति सक्दो दिनदुखी, असहायहरुको सेवा सहयोग गरी मानवता बलियो बनाई मनाउनु पर्दछ त्यही अनुसार नै आज छोरा राजकुमारको हामी सबै परिवारले खाने सामग्री घरबाट नै बनाएर घण्टाघरमा ल्याएर गरिब असहाय, बाहिरबाट आउने जाने बटुवा, पर्यटकहरुलाई खाना सेवा गरी छोराको सुस्वास्थ्य, दिर्घायु र समृद्धिको लागि यो सेवा गरेका हौ र खाना खानेहरुको साथैमा आज घण्टाघरमै शैक्षिक सहिद मुकुन्दप्रसाद खनाल प्रतिष्ठानद्वारा पानी पिलाउने कार्यक्रममा सहभागी समाजसेवीहरुले हाम्रो सानो कार्यको खुलेर प्रसंशा गरी छोराको उत्तरोत्तर प्रगती सुस्वस्थ्यताको कामना गर्दा हामी सम्पुर्ण परिवार निकै हर्षित भएका छौ र आगामी दिनमा पनि अझ बढी समाजिक सेवा कार्य गर्ने बताए ।
सो अवसरमा बुवा प्रमोद गिरी, आमा ईन्दु देवि गिरी, राजाकुमार गिरी, रन्जन गिरी, खुश्बु गिरि, कृष्णा गिरी लगायत बालबालिकाहरु सहभागी थिए।

























